काठमाडौं - अपि पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।
यसैगरी, सभामा हकप्रद सेयर जारी गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ ।
प्रतिक्रिया