काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट पाउने भएका छन् ।
नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रवद्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।
उक्त विशेष छुट सम्बन्धी सिटिजन्स बैंक र ग्रोडेली बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
मोबाइल बैंकिङ्ग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
प्रतिक्रिया