काठमाडौं, नेपाल राष्ट्र बैंकले टिआर प्रकृतिको कर्जाको सीमा ९० दिनमा झारेको छ। केन्द्रिय बैंकले बिहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सीमा ९० दिनमा झारेको हो।
यसअघि टिआर कर्जाको सीमा १८० दिन कायम गरेको केन्द्रिय बैंकले ९० दिनको सीमालाई गत वर्ष मात्रै बढाएर १८० दिन पुर्याएको थियो।
विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिने गर्छन्। यसअघि व्यवसायीहरुले पाँउदै आएको १८० दिनको सीमा अब घटेर ९० दिनमा झरेको छ। व्यवसायीले सामान आएको ९० दिनमा नै कर्जा भुक्तानी गर्नुपर्ने हुन्छ।
यस्तै, राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रहरुमध्ये होटल, ट्राभल, ट्रेकिङ हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखि २ वर्षसम्म ४ किस्तामा असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रतिक्रिया