सानिमा माई हाइड्रोपावरद्धारा १०.५२ प्रतिशत लाभांश घोषणा, साधारण सभा कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगर गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै कम्पनीले कार्तिक ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया