काठमाडौं, हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको १३ औं वार्षिक साधारण सभा आज (शुक्रबार) बस्दैछ । सभा रजिष्ट्रर्ड कार्यालय, लैनचौर काठमाडौंमा दिउँसो २ बजेबाट भचुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुने रकम १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै, कम्पनीले सेयरधनीलाई ५५ प्रतिशत लाभांश बितरण गर्ने पनि प्रस्ताव पेश हुँदैछ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
साथै,सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल हुँदैछ । यसैगरी, आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परीक्षक नियुक्त गर्ने पनि सभाको एजेन्डा छ ।
प्रतिक्रिया