नबिल ब्यालेन्स फण्ड-३ को १० करोड इकाईमा आजबाट आवेदन दिन सकिने, कहिले सम्म ?

५ बर्ष अगाडि

काठमाडौं - नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने नबिल ब्यालेन्स फण्ड ३ मा आजबाट आवेदन दिन सकिने भएको छ ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक करोड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आजबाट निष्कासन गरिने यो फण्डमा लगानीकर्ताले छिटोमा भदौ २९ गते र ढिलोमा असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया