आज राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने

५ बर्ष अगाडि

काठमाडौं - राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत उक्त रकम बजारमा पठाउने भएको हो ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले आज बजारमा ३० अर्ब रुपैयाँ पठाउने जनाएको छ । केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले १४ दिनमा असोज ७ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया