काठमाडौं - मेगा बैक नेपाल लिमिटेडले प्रबर्द्धन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना “मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको छ । प्रति इकाई मूल्य रु।१० रुपैयाँको दरले १० करोड इकाई मध्ये न्यूनतम १ करोड पचास लाख बिक्रीमा आएको थियो ।
बिक्रीमा आएको इकाई सङ्ख्याको न्यनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड पचास लाख इकाईको सार्वजनिक निष्कासन गरिएको उक्त इकाईमा सर्वसाधारण लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त सामूहिक लगानी कोषले इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम पनि गरेको छ । उक्त इकाईमा १ लाख ६३ हजार ६४६ आवेदकहरूबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरिदका लागि आवेदन परेको थियो । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।
माग भन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितो पत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य १० रुपैयाँको दरले १२ करोड पचास लाख इकाईहरु अर्थात रु १ अर्ब पच्चीस करोड बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।
धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रीतपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाई सम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८६४ जना आवेदकहरूलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ ।
५ लाख देखि १ करोड इकाई सम्म आवेदन गर्ने ३४ जना आवेदकहरूलाई ४ लाख ३६ हजार ३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकी रहेको २९० इकाई ३४ जनामध्ये २९ जना आवेदकहरूलाई गोला प्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।
प्रतिक्रिया