२ योजनाको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन-कुनको ?

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश प्रयोजनको लागि एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्सड् फण्डले भदौ २७ गते आइतबार बुक क्लोज गर्दैछ ।

त्यस अनुसार आज सम्म कायम इकाईधनीले मात्रै २ वटै योजनाको लाभांश पाउनेछन् । गत आर्थिक वर्षको मुनाफाबाट एनआईसी एसिया ग्रोथ फण्डले ३० प्रतिशत र ब्यालेन्सड् फण्ड ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया