काठमाडौं - युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा बोलाएको छ । लघुवित्त एफपीओ जारी गर्ने प्रस्ताव सहित सभा बोलाएको हो ।
भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आउँदो असोज ८ गते गर्ने निर्णय गरेको छ । सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन समेत गर्नेछ । भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया