रु रु जलविद्युतको  दुई आर्थिक वर्षको साधारण सभा असोज १६ गते हुदैैं, लाभांश प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं, रु रु जलविद्युत परियोजनाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ । कम्पनीले आगामी असोज १६ गते आव २०७६–७७ र २०७७–७८ को वार्षिक साधारण  गर्ने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट करसहित १०.५२६ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शयर वितरण प्रस्ताव पारित गर्नेछ ।  यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरणे गर्ने प्रस्ताव रहनेछ । 
 
साधारण  सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज हुने भएकाले असोज ६ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया