सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले तोक्यो बुकक्लोज मिति, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंक कोष प्रवर्द्धक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेका छन् ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज १ गते बुकक्लोज गर्ने भएका हुन् । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरूले मात्र लाभांश लिन सक्नेछन् ।

क्यापिटलले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया