काठमाडौं, एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते वार्षिक साधारण सभा डाकेको छ । सभा बिहान ११ बजे सिद्धार्थ होटल, विर्तामोड, झापामा हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५१ लख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ।
बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।
प्रतिक्रिया