नेपाल पुनर्बीमाको लाभांश परिमार्जन, नयाँ लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ ।

यसअघि असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजीको १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर यसलाई परिमार्जन गरी कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २।५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बीमा समितिले आयकर खर्च सम्पति व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हुनाले लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया