काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आजन्तिम दिन रहेको छ ।
संस्थाले १८ हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आजसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । संस्थाको सेयर बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रिया