काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ र २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका छन् । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएको तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७र७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया