आन्तरिक राजस्व विभागले गत साउन २५ सम्म सब्मिसन नम्बर लिएका करदातालाई जरीवाना छुट दिने भएको छ। कर तिर्ने अन्तिम दिनमा सर्भरमा समस्या देखिएका कारण कर तिर्न नपाएका करदातालाई जरीवाना छुट हुने भएको हो ।
साउन २५ गते कर र विवरण बुझाउँदा आन्तरिक राजस्व विभागको सर्भर बिग्रीएका कारण कर ‘पेमेण्ट’ भएको थिएन । विभागको सर्भर डाउन हुँदा हजारौं करदाता कर र विवरण पेश गर्न असफल भएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
यस विषयमा अदालतले जवाफ समेत मागिसकेको छ। त्यसपछि विभागले करे र विवरण बुझाउने अन्तिम दिनसम्म सब्मिसन नम्बर लिएका करदाताको भेरिफाई गरेको थियो । उक्त दिनसम्म सब्मिसन नम्बर लिएका १५ हजार भन्दा बढी रहेको जनाउँदै विभागले यी करदातालाई जरीवाना नगरिने जनाएको छ।
कर र विवरण बुझाउन प्रयास गर्ने करदातको सुची तयार गर्न लागेको र उनीहरुलाई जरिवाना छुट हुने तर कर तिर्न प्रयास नगर्ने करदातालाई भने जरीवाना हुने बिभागले जनाएको छ ।
प्रतिक्रिया