डिजिटल बैंकिङका सुविधाहरु के के ? यसका फाइदा र के यसको प्रयोग सुरक्षित छ ? ह्याक हुने सम्भावना छ ?

५ बर्ष अगाडि

काठमाडौं, डिजिटल बैंकिङ अर्थात भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात डिजिटल बैंकिङ एक नयाँ युग हो, अब  पहिलेको जस्तो पैसाको कारोबार गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । घरमै बसेर केही समयमै प्रविधिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।

पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौ । यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्धारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौ । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ ।

नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि समावेश छ । जहाँ “डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका प्रविधिबाट लाभ लिदै बैकिङ संञ्जालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ । वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्ने प्रायोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बन्ध रहेकाले फिनटेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनतामा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय प्रणलीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजश्वको संरक्षण गर्ने उदेश्य लिइएको छ ।” उल्लेख गरिएको छ ।

डिजिटल बैंकिङका फाइदाहरु

१. घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सकिने ।
२. चेक बुक र एटीएम कार्ड को लागी आवेदन दिन बैंकमा धाइरहनु पर्दैन ।
३. घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सकिने ।
४. क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सकिने ।
५.  पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सकिने ।

यसको प्रयोग सुरक्षित छ ? ह्याक हुने सम्भावना छ ?

यो एक महत्वपूर्ण प्रश्न हो जुन सबैको चासोको विषय बनेको छ । के यसको प्रयोग सुरक्षित छ रु के यसलाई ह्याक गर्न सकिन्छ रु जवाफ– यसको प्रयोग सुरक्षित छ । डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाह गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।

१. आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्ने ।
२. बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्न।

डिजिटल हुनुको अर्थ के हो र ?

आम सर्वसाधारणका लागि डिजिटल बन्नुको अर्थ हो । नगद लेनदेनबाट बचेर अनलाइन (मोबाइल, डेबिट कार्ड आदि) लेनदेन को उपयोग गर्नु, कागजी कामलाई कम गर्नु । सरकारी तथा बैंकिङ कार्यका साथै व्यापारिक गतिविधिमा पारदर्शिता आउनु । जालसाजी ठगी र घूसखोरी आदि बाट बच्नु ।

डिजिटल बैंकिङको सहज प्रयोगमा मोबाइल बैंकिंङ

मोबाइल आज हरेक मानिसहरुको आवश्यकता हो र यो सबैको पहुँचमा समेत छ । मानिसहरु आफ्नो सबै काम मोबाइलबाट नै गर्न सहज मान्छन् । यसै कारणले धेरै जसो मानिसहरु आजकल मोबाइल बैंकिङको अधिक उपयोग गर्छन् । मोबाइल बैंकिङ एक यस्तो प्रणाली हो जसको माध्यमबाट मानिसहरु आफ्नो फोनको माध्यमबाट सबै बैंकिङ सुविधाहरुको लाभ उठाउन सक्छन् । मोबाइल बैंकिङ भविष्यमा पनि अधिक सुविधाजनक र सजिलो हुने अपेक्षा गर्न सकिन्छ । (स्रोतः बैकिङ खबर)

५ बर्ष अगाडि

प्रतिक्रिया