काठमाडौं, वाणिज्य बैंकहरुको निक्षेप संकलन भन्दा कर्जाको बृद्धिदर धेरै देखिएको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार गत साता मात्रै बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले मात्रै बढेको छ भने कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ।
भदौ तेस्रो साता अर्थात १८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४१ खर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
भदौ महिनामा मात्रै बैंकहरुको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको छ भने निक्षेप संकलन ६ अर्ब रुपैयाँले मात्रै बढेको छ।
प्रतिक्रिया