'एनएमबि सरल बचत फन्ड–ई' मा ६ करोड ७९ लाख बढि इकाईका लागि ९९ हजार धेरैले दिए आवेदन

५ बर्ष अगाडि

काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडले भदौ १७ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको  'एनएमबि सरल बचत फन्ड–ई' मा ९९ हजार बढिले आवेदन दिएका छन् । 

फण्डमा अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्म ९९ हजार ७ सय ३ जना लगानीकर्ताहरूले ६ करोड ७९ लाख ५६ हजार ४ सय ३० इकाईका लागि आवेदन दिएका हुन् । यो अन्तिम तथ्यांक भने होइन । अन्तिम तथ्यांक थोरै तलमाथि पर्नसक्ने क्यापिटलले जनाएको छ । 

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया