अब महालक्ष्मी विकास बैंकबाट विद्युत महशुल बुझाउन सकिने

५ बर्ष अगाडि

काठमाडौं - आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोबाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । 

सेवाग्राहीले मासिक ५ सय रूपैयाँसम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन ५ सय १ रूपैयाँ भन्दामाथी ५ लाख रूपैयाँसम्मको महशुल भुक्तानीमा पाँच रूपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया