काठमाडौं - विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका लगानीकर्ताको समूहले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई मागपत्र बुझाएर फर्किएका छन् ।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजिनामा माग गर्दै विभिन्न १८ बुँदे माग राखेका हुन् । पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग गरेका छन् ।
उनीहरूले पूँजीबजारलाई नियोजित रुपमा घटाउन भूमिका खेलेको आरोप समेत लगाएका छन् । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने मागहरू राखेका छन्।
साथै प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने माग पनि राखेका छन् ।
प्रतिक्रिया