वाणिज्य बैंकको निक्षेप ७२ अर्बले घट्दा ९८ अर्बको कर्जा विस्तार

५ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको भदौ १८ गतेसम्ममा वाणिज्य बैंकहरुको ७२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले ९८ अर्ब कर्जा विस्तार गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार भदौ १८ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब २९ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन् । 

गत असारमसान्तको अन्त्यसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए । गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ७० अर्ब कर्जा परिचालन गरेका थिए । 

गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को थियो भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको थियो । गत आर्थिक वर्षभरीमा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको थियो भने ८ खर्ब १८ अर्बले कर्जा बढेको थियो । 

एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब ४ अर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया