१२ करोडको सीमा प्रकरण बारे के भन्छ राष्ट्र बैंक ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १२ करोडको सीमा प्रकरणको बारेमा स्पष्टिकरण दिएको छ । बैंकले आफ्नो वेभसाइटमा रहेको बारम्बार सोधिने प्रश्नमा सेयर धितो सम्बन्धी जानकारी दिएको छ । 

राष्ट्र बैंकले उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने जानकारी दिएको छ । 

शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीति मार्फत एउटा बैंकिङ संस्थाबाट बढिमा ४ करोड र सबैमा गरेर १२ करोडसम्म शेयर धितोमा ऋण लिन पाउने ब्यवस्थाको विरोध जनाइरहेका बेला राष्ट्र बैंकबाट यस्तो प्रष्ट्रिकरण आएको हो ।

राष्ट्र बैंकले आफ्नो वेवसाइटमा बारम्बार सोधिने प्रश्नहरु (एफएक्यु) शीर्षकमा सोधिएको एक प्रश्नको जवाफमा शेयर धितो ऋण बारे प्रष्ट्याएको हो ।

के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ? भन्ने एक जिज्ञासाको जवाफमा राष्ट्र बैंकले उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाउने उल्लेख गरेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया