काठमाडौं - देशको कुल नागरिकको १५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायराभित्र सामेल भएका छन् ।
स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेको संख्या ४५ लाख १६ हजार ६९४ छ । यो कुल जनसंख्याको १४.९६ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका हुन् ।
सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा भदौ २० गतेसम्म कुल उक्त प्रतिशत नागरिक समेटिएका हुन् । नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल ७५ जिल्लामा विस्तार भैसकेको छ ।
उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललिपुरमा भने सेवा विस्तार हुन बाँकी छ ।
प्रतिक्रिया