मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार ४१ कित्ता लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंकको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन रहेको छ । 

कम्पनीले १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर साउन १९ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ३२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने पनि कम्पनीले बताएको छ ।

बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र भदौ २३ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटल हात्तीसार, कमलादीमा खोलिने छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया