काठमाडौं, चार हाइड्रो कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । ङादी ग्रुप पावर लिमिटेड,अपी पावर कम्पनी लिमिटेड,अरुण काबेली पावर लिमिटेड र रुरु जलविद्युत परियोजनाले साधारण सभा बोलाएका हुन् ।
ङादी ग्रुप पावर लिमिटेड
ङादी ग्रुप पावर लिमिटेडको ८ औं वार्षिक साधारण सभा असोज ३ गते आह्वान गरेको छ । सभा काठमाडौंको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ। ु
सभाले आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
अपी पावर कम्पनी लिमिटेड
अपी पावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण सभा भाद्र २५ गते हुने भएको छ । सभा शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्नेछ ।
साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
अरुण काबेली पावर लिमिटेड
अरुण काबेली पावर लिमिटेडले १८ औँ वार्षिक साधारण सभा भाद्र २६ गते डाकेको छ । सभा शुक्रबार कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयर वितरणपश्चात् १ः१ को अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव समेत साधारण सभामा लैजानेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
रुरु जलविद्युत परियोजना
रुरु जलविद्युत परियोजना लिमिटेडको १५ औँ र १६ औँ वार्षिक साधारण सभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट १०.५६३२ प्रतिशत नगद लाभांश (कर सहित) र २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ। लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया