पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब ३ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

५ बर्ष अगाडि

काठमाडौं, जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामा करिब ३ अर्ब रुपैयाँ बीमाशुल्क संंकलन गरेका छन् । चालु आर्थिक वर्षको साउनसम्ममा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७४ करोड पहिलो बीमाशुल्क संकलन गरेका हो । हाल देशभर १९ जीवन बीमा कम्पनी रहेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा नेपाल लाइफले सबै भन्दा धेरै ५८ करोड रुपैयाँ पहिलो बीमाशुल्क संकलन गरेको छ । यस्तै नेशनल लाइफले २५ करोड र प्रभु लाइफले २३ करोड रुपैयाँ पहिलो बीमाशुल्क संकलन गरेको छ ।

युनियन लाइफ,सिटिजन लाइफ, रिलायवल लायफ,आइएमई लाइफ,एशियन लाइफ,मेट लाइफ, ज्योति लाइफ र सूर्या लाइफले पनि १० करोड रुपैयाँ भन्दा धेरै पहिलो बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

राष्ट्रिय बीमा संस्थान, सानिमा लाइफ, गुराँस लाइफ र प्राइम लाइफले भने सबै भन्दा कम ५ करोड रुपैयाँ मात्रै प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस अवधिमा जीवन बीमा कम्पनीहरुले १३ अर्ब ७८ करोड रुपैयाँ भने नविकरण शुल्क संकलन गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया