काठमाडौं - विभिन्न ५ कम्पनीहरूले साधारण सभा बोलाएका छन् । बेष्ट फाइनान्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान, अरुण काबेली पावर लिमिटेड, श्रीराम सुगर मिल्स र नेपाल फाइनान्स कम्पनी लिमिटेडले सभा बोलाएको हो ।
१ . बेष्ट फाइनान्स कम्पनी लिमिटेड
बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारण सभा भदौ ३० गते, फाइनान्सको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
२. राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानको ३१ औं वार्षिक साधारण सभा भदौ २६ गते, शनिबार कम्पनीको प्रधान कार्यालय, रामशाहपथ, काठमाडौंमा अपरान्ह्र २ बजेबाट सुरू हुनेछ ।
सभामा संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ । सभामा लेखा परीक्षकको नियुक्ती गरी पारिश्रमिक अनुमोदन गर्ने, सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु र सञ्चालकको तर्फबाट १र१ जना प्रतिनिधि तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।
संस्थानले साधारण सभा प्रयोजनका लागि भदौ ६ गतेदेखि भदौ २६ गतेसम्म बुकक्लोज गरेको छ ।
३. अरुण काबेली पावर लिमिटेड
अरुण काबेली पावर लिमिटेडको अठारौँ वार्षिक साधारण सभा भाद्र २६ गते, शुक्रबार कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०।८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयर वितरणपश्चात् १ः१ को अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव समेत साधारण सभामा लैजानेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
४- श्रीराम सुगर मिल्स
श्रीराम सुगर मिल्सको पच्चीसौँ वार्षिक साधारण सभा भदौ २४ गते, बिहीबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
५. नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल फाइनान्स कम्पनी लिमिटेडको २८ औँ वार्षिक साधारण सभा भदौ २६ गते , शनिबार कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ ।
उक्त सभाले हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीलेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो ।
उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ।
सभाले कम्पनीको हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै ७० प्रतिशत अर्थात् १:०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधार णसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया