काठमाडौं - महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको थियो ।
यस विषयमा समाचार प्रकाशित भएको थियो । अहिले बैंकले ऋणीलाई बोलाएर सुन फिर्ता दिएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धि जानकारी दिएका छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ ।’
कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी विष्णु महर्जनले कर्जा चुक्ता गरेपनि धितो फिर्ता लिन केही ढिलोमात्रै भएको बैंकको दावी छ । ‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्चर्यको विषय हो’, बैंकको दावी छ ।
महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको थियो ।
प्रतिक्रिया