युनिलिभर नेपालद्धारा शेयरधनीहरूलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

५ बर्ष अगाडि

काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । 

कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने जनाएको छ । 

यसैले सेयर अभौतिकीकरण गरि हितग्राही खाता खोलिसकेका शेयरधनीहरूलाई आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको हो । 

कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया