आजबाट बिक्रीमा आयो विभिन्न ३ कम्पनीको संस्थापक सेयर, कुनको कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्रीमा आएको छ । 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

जसमध्ये, सेञ्चुरी कमर्सियल बैंकको मूल्य १५० रूपैयाँ, मञ्जुश्री फाइनान्सको मूल्य ३५० रूपैयाँ र कामना सेवा विकास बैंक लिमिटेडको २५० रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्युनतम ५ हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन भदौ २७ गतेसम्म दिन सकिने छ ।  

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया