काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा आज .( शुक्रबार) सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।
यस्तै, कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया