काठमाडौं- अपि पावर कम्पनीको साधारण सभा भदौ २५ गते हुने भएको छ । सभा संस्थाको प्रधान कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
अपि पावरले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १०.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा रहेको छ ।
यस्तै, बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ । बोनस र हकप्रद सेयरपश्चात चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि अपिले भदौ १८ देखि २४ गते मंगलबार सम्म बुक क्लोज गरेको छ । भदौ १७ गतेसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गरेका छ ।
प्रतिक्रिया