लिवर्टी इनर्जी करिब ४ करोड नोक्सानीमा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, लिवर्टी इनर्जी कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले करिब ४ करोड नोक्सानी ब्यहोरेको छ । कम्पनीले समीक्षा अवधीसम्ममा ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवमा कम्पनी ५ करोड ८ लाख ९८ हजार नोक्सनीमा रहेको थियो ।

नोक्सानीमा पुगेसँगै कम्पनीको गत आर्थिक वर्षमा वार्षिक प्रतिशेयर आम्दानी २.५७ रुपैयाँ नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८९.९४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १५ करोड ९ लाखले ऋणात्मक रहेको छ ।

कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको अपर दोर्दीखोला ए मा असार १ र २ गते आएको बाढीका कारण आयोजना र प्रसारण लाईनमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया