'एनएमबि सरल बचत फन्ड–ई' मा ३६ हजार लगानीकर्ताले दिए आवेदन, कहिले सम्म दिन सकिन्छ ?

५ बर्ष अगाडि

काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडले हिजोबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ३६ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजेसम्म ३६ हजार ९ सय १९ जना लगानीकर्ताहरूले १ करोड ७६ लाख ६८ हजार ४ सय ७० इकाईका लागि आवेदन दिएका हुन् ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया