काठमाडौं लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
बैंकले साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले ३० दिनभित्र बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।
प्रतिक्रिया