आज सिनर्जी पावर डेभलपमेन्टले १०.५२ प्रतिशत लाभांश पारित गर्दै

५ बर्ष अगाडि

काठमाडौं - सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २स्१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया