काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडले बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको 'एनएमबि सरल बचत फन्ड–ई' मा पहिलो दिन २० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।
योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार बिहीबार साँझ ५:३० बजेसम्म २० हजार २ सय ४१ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका हुन् ।
एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । यो फण्डमा लगानीकर्ताले छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया