काठमाडाैं, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने भनिएको खारेज भएको छ ।
समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गत असोज ५ गते, सोमबार मर्जर सम्बन्धी सम्झौता भएको थियो ।
तर बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएको हुनाले अब यी २ संस्था मर्ज नहुने भएका छन् । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा एक सूचना प्रकाशन गरी बहुमतको कदर गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज गर्न नसकिने निष्कर्श निकालिएको जानकारी गराएको छ ।


प्रतिक्रिया