एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन, कुनको कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने भोली अन्तिम दिन रहेको छ ।

कम्पनीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था रनागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा ल्याउने भएको हो ।

जसमा मेरो माइक्रोफाइनान्सको ८६ हजार ३३९ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता रहेको छ । 

बोलपत्र पेश गर्दा मेरो माइक्रोफाइनान्सको न्यूनतम शेयरमूल्य प्रतिकित्ता ५७५, आरएमडिसी लघुवित्तको ६०३ र नागरिक लगानी कोषको १ हजार ४१० तोकिएको हुँदा सो वो सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

कम्पनीले उक्त तीन ओटै कम्पनीको संस्थापक शेयर भदौ ४ गतेदेखि लिलामीमा ल्याएको थियो । मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइने छ ।

त्यसैगरी आरएमडिसी लघुवित्तको शेयर खरीदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिने पाइनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया