काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ९५ हजार ८ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त शेयर संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जनाएको छ ।
संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन पेश गर्ने जनाएको छ ।

प्रतिक्रिया