काठमाडौं, नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज (भदौ १७) उक्त रिपो बिक्री गर्न लागेको हो ।
७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो भदौ २४ गते परिपक्क हुनेछ ।
के हो रिपो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।
बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ ।रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नु अघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ । भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसके पश्चात् धितो स्वरूप राखेको सुरक्षणपत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ ।
प्रतिक्रिया