काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयर धनि मधु सुदन शर्माको नाममा रहेको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको जानकारी गराएको छ । त्यसैले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिन पनि आग्रह गरेको छ ।
निवेदकले आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया