काठमाडौं - एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेका छन् ।
एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बुकक्लोज मिति तोकेका हुन् । दुवै म्युचुअल फण्डले लाभांश प्रयोजनका लागि भदौ २७ गते बुकक्लोज गर्ने भएका छन् ।
त्यसैले, भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । २५ गते शुक्रबार र २६ गते शनिबार परेको छ ।
क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया