काठमाडौं - निर्जीवन बीमा कम्पनीहरुले पनि बैंकहरुले जस्तै सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि जोखिम व्यवस्था बापतको रकम छुट्याउनुपर्ने भएको छ ।
बीमा समितिले वर्षौसम्म पनि दाबी भूक्तानी कारोबार सम्पन्न नहुने समस्या बढेपछि प्रोभिजनिङको व्यवस्था गरेको हो । समितिले बुधबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष देखि एक वर्ष भन्दा लामो समयसम्म पनि सेटल नभएको कारोबारका लागि स्वेच्छिक रुपमा जोखिम व्यवस्था गर्न भनेको हो ।
यो व्यवस्था तत्कालका लागि केही खर्चिलो देखिएपनि कम्पनीहरुको जोखिम सम्बन्धि विवरण पनि उल्लेख गर्नुपर्छ । तत्कालका लागि जोखिमका लागि छुट्याएको रकम चलाउन नपाए पनि बक्यौता रहेको रकम उठेपछि नाफामा जोड्न मिल्ने हुन्छ ।
यो व्यवस्थाले जोखिम व्यवस्था गरेपछि मात्र नाफा बाँड्न पाइने भएकाले व्यवसाय सञ्चालनका क्रममा हुने जोखिमलाई न्यूनीकरण गर्न सहज हुन्छ ।
प्रतिक्रिया