काठमाडौं - एनएमबि बैंक कोष प्रवर्द्धक रहेको एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको २ वटा म्युचुअल फण्डहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै म्युचुअल फण्डले लाभांश प्रयोजनका लागि भोलि भदौ १८ गते, शुक्रबार बुकक्लोज गर्ने भएका छन् । त्यसैले आज सम्म नेप्सेमा कारोबार भई कायम ईकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनएमबि क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया