काठमाडौं - एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'एनएमबि सरल बचत फन्ड–ई' आजबाट निष्कासन तथा बिक्रीमा आएको छ ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस खुलामुखी योजना हो । लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । फण्डमा लगानीकर्ताले छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया