अपी पावरको ११.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - अपी पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि देखि बुकक्लोज गर्ने भएको छ । त्यसैले आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश भाद्र २५ गते कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा हुन लागेको कम्पनीको अठारौँ वार्षिक साधारण सभाले पारित गर्नेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया