कामना सेवा विकासका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशतसम्म छुट

५ बर्ष अगाडि

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेड र सोल्टी इन्टरप्राइज प्राइभेट लिमिटेडबीच मर्चेन्ट सम्झौता भएको छ । 

अब कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले सोल्टी क्राउन प्लाजा काठमाडौँ र सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जमा विशेष छुट पाउने छन्  । बैंकका ग्राहक र कर्मचारीहरूले होटेलमा खाना र बेबरेज सामाग्रीमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकको एटिएम कार्ड वा बैंकको ग्राहक भएको पहिचान खुल्ने अन्य कागजातको आधारमा यो छुट सेवा लिन सकिनेछ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया